Logo

सरकारका बिरुद्धमा तरुण दल-फोटो फिचर



काठमाडौं, १३ असार । नेपाल तरुण दलले सरकारलाई गतिविधि सच्याउन आग्रह गरेको छ । राजधानीको शान्ति बाटिकामा आयोजित बिरोध कार्यक्रममा बोल्दै तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले ओली सरकार जनताको भावना अनुसार चल्न नसकेको आरोप लगाएका छन् ।

महासचिव शाहीले पेट्रोलियम पदार्थको मुल्यबृद्धि तत्काल फिर्ता लिन, लोकतान्त्रिक बिधि र कानूनि राज्यको पालना गर्न सरकारलाई आग्रह गरे ।

सरकारका विरुद्ध नेपाल तरुण दलले काठमाडौंका विभिन्न ठाउँबाट जुलुस निकाल्दै रत्नपार्क ‘शान्ति वाटिका’ मा भेला भएर कोण सभामा परिणत भएको थियो ।

तस्बिर मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्