Logo

सरकारले धान विज्ञको सुझाब मान्ने हो धने उत्पादन बढ्छ : धान विज्ञ बस्नेत



असार १५, काठमाडौं । धान विज्ञ भोलामान सिंह बस्नेतले सरकारले धान उत्पादन बढाउनका लागि विज्ञहरुको सहयोग लिनुपर्ने सुझाब दिएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै बस्नेतले धान विज्ञलाई प्रयोग गरेर धान उत्पादन बढाउनुपर्ने बताए ।

आज दिवस भएकोले यसको विषयमा त्यही दिनमात्रै बहस हुनु दुःखद् रहेको बताउँदै बस्नेतले भने, ‘हामी १५ औं धान दिवस मनाउँदैछौं, वर्षमा एक दिनमात्र यसको बारेमा छलफल तथा बहस हुन्छ, यसको बारेमा नियमित बहस होस्, सरकारले पनि विज्ञहरुसँग छलफल गर्नुपर्छ ।’

सम्बन्धित समाचार :

आज धान दिवस, औपचारिक कार्यक्रम धेरै, रोपाई भने १३ प्रतिशत मात्रै

एशियाली राष्ट्रहरुलाई एक ठाउँमा ल्याउनको लागि पनि धान अहिले सेतुको रुपमा रहेको बताएका छन् ।

उनले भने,‘नेपालमा धानले जिडिपीमा ठूलो योगदान पुर्याएको छ, धानको उत्पादन बढ्यो भने जिडिपी पनि बढ्छ, यदि उत्पादन नै घट्यो भने जिडिपी पनि घटेको छ, हाम्रो देशको अर्थतन्त्रमा कृषिको योगदान धेरै छ।’

उनले चैते धानको उत्पादनलाई पनि बढाउनुपर्नेमा जोड दिए । उनले भने,‘अहिले चैते धानको उत्पादन जम्मा ७ प्रतिशतमात्रै छ, यसलाई बढाउनुपर्छ, त्यस्तै सिंचित क्षेत्रपनि बढाउनुपर्छ ।’

उनले विश्वमा रहेका ७ अर्ब मानिसहरुमा आधा भन्दा बढिको मुख्य खाना नै चामल रहेको जनाए ।



प्रतिक्रिया दिनुहोस्