Logo

चीन भ्रमणपछि प्रधानमन्त्री ओली रणनीति परिवर्तनमा !



काठमाडौं, १५ असार । प्रधानमन्त्री केपी शर्मा ओली यतिवेला आफ्नो रणनीति परिवर्तनमा लागेका छन् । चीन भ्रमण आशातित नबनेपछि प्रधानमन्त्री ओली यतिवेला आफ्नो रणनीति परिवर्तनमा जुटेको उनी निकट उच्च स्रोतले जनाएको छ ।

१२१ सदस्यीय जम्बो टोली लिएर चीनको ६ दिने राजकीय भ्रमण गरेका ओली भ्रमणबाट सन्तुष्ट नरहेको पनि स्रोतको दाबी छ । नेपाल–चीन सम्बन्धको लागि तत्काल फाईदा हुन सक्ने चीनबाट केहीपनि घोषणा हुन नसकेपछि ओली निराश बनेका हुन् । भ्रमणको दौरान महत्वपूर्ण १४ सम्झौता भएकोमा सरकारले खुशी व्यक्त गरेपनि उक्त सम्झौताबाट नेपाललाई तत्काल केहीपनि फाईदा हुन नसक्ने विज्ञहरुको भनाई छ ।

सम्बन्धित समाचार :

प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा राष्ट्रिय सभालाई जानकारी

सरकारको निष्कर्ष : प्रधानमन्त्रीको चीन भ्रमण सफल

चीन भ्रमण उपलब्धिपूर्ण र सफल : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे सरकारको यस्तो दाबी ( वक्तव्यको पूर्णपाठसहित)

‘चीन भ्रमणबारे शब्दशैयामा सुतेर मात्रै हुँदैन, नतिजा आउनुपर्छ’

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे कसले के भने ?

‘प्रधानमन्त्री ओलीको चीन भ्रमण विशेष उपलब्धिमूलक’

नेपाल–चीन जोड्ने रेल केरुङहुँदै काठमाडौंसम्म ल्याउनेबारे भ्रमणको दौरान समझदारी भएपनि उक्त रेल कुन मोडेलमा बन्ने हो भन्नेबारे अहिलेसम्मपनि एकिन बन्न सकेको छैन् । चीन सरकारले अनुदानमा नबनाउने निश्चित छ । तर नेपाल सरकारले भने चिनियाँ सरकारले अनुदानमै रेल बनाईदिने विश्वास लिएको छ ।

अझैसम्म यसबारे अन्यौल भएपछि प्रधानमन्त्री चीन भ्रमणबाट सन्तुष्ट हुन सकेका छन् । चीन उड्नुअघि समेत प्रधानमन्त्री धेरै खुशी थिए । तर, चीनले ओलीको चाहना बमोजिम ‘सरप्राईज प्याकेज’ को घोषणा नै गरेन ।

विद्युत लगायत विभिन्न परियोजनाबारेपनि चीनसँग सम्झौताहरु भएका छन् । तर ती सम्झौताहरुपनि कसरी अघि बढ्ने भन्नेबारे अहिलेसम्म कुनै विस्तृत कुरा बाहिर आएको छैन् । प्रधानमन्त्रीको चीन भ्रमण कतै हात्ती आयो हात्ती आयो फुस्स भएको समेत नेपाल–चीन मामिलाका जानकारहरुको दाबी छ ।

हुन त प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण सफल र फलदायी भएको भनेर सार्वभौम संसदलाई समेत विश्वास दिलाएका छन् । ओेलीको भ्रमणले नेपाल–चीन द्धिपक्षीय सम्बन्धमा थप प्रगाढता र सुमधुरता थपेको छ । तर, प्रधानमन्त्रीको ‘समृद्ध नेपाल र सुखी नेपाली’ भीजनमा भने कुनै अभुतपूर्व योगदान यो भ्रमणले पुर्याउन नसकेको पनि जनगुनासो छ ।

ओली निकट उच्च सूत्रहरुले दिएको जानकारी अनुसार यतिवेला प्रधानमन्त्री ओली चीनसँगभन्दा बढि भारतसँग आशावादी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको मन मिलेको छ । देश विकासको भीजनबारे पनि दुवै नेताबीच एजेण्डा उस्तैउस्तै छ । मोदीको ‘सबका साथ, सबका विकास’ र ओलीको ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारा छ ।



प्रतिक्रिया दिनुहोस्