काठमाडौं, १६ असार । नेपाल वायुसेवा निगमले बिहीबार पहिलो वाईड बडीको बिमान काठमाण्डौमा अवतरण गरेको छ । बिमानले राजधानी काठमाण्डौमा अवतरण गरेसगै संसद देखी सडक सम्म खुसिको उमङग छाएको छ ।
सो बिमान खरिदकोलागी नागरिक लगानी कोश र कर्मचारी सञ्चय कोश लगायत अन्य बित्तिय संस्थाहरुबाट अर्बाैको ऋण लियको निगमले यो भन्दा प8हिले बिमान खरिद प्रक्रियाको नाममा अर्बाै डुबाई सकेको छ ।
नेपाल वायुसेवा निगमसंग बिमान खरिद सम्बन्धित पाँच धोटला काण्डहरु यहाँ प्रस्तुत गरिएकाछन । यदि यो काण्डहरु बाहेक तपाईलाई अरु कुनै जानकारी भएमा प्रत्रिकृया दिनुहोला ।
लाउडा काण्डः (डुबेको जम्मा रकमः रु. २ अर्ब )
२०५७ सालमा वायुसेवा निगमसँग आफ्नै दुईवटा जहाज रहेको ,चाइना साउथवेस्टसँग सम्झौता भइसकेकाले तत्काल आवश्यक नभएको चौथो बिमान भाडामा लिन अस्ट्रियाको लाउडा एअरसँग सम्झौता भएको घटना लाउडा काण्डका नामबाट चर्चीत काण्डले संसदको तत्कालिन अधिवेशन पुरै अवरुध गरेको थियो । चर्चीत लाउडा प्रकरणले नेपाल वायुसेवा निगमलाई दुई अर्व रुपैयाँको नोक्सानमा डुबाएको गरेको थियो ।
धमिजा काण्डः (डुबेको जम्मा रकमः रु.३९ करोड ५५ लाख )
२०५० सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले निगमको कामकारवाहिमा हस्तक्षेप गरेर भारतीय मुलका तर बेलायती व्यापारी दिनेश धमिजालाई आफ्नो ब्यक्तिगत मनोमानीको आधारमा निगमको युरोपकालागि मुख्य एजेण्ट भनिएका ‘धमिजा काण्ड’को नामले चर्चीत यो प्रकरणमा नेपाली वायुसेवा निगमले ३९ करोड ५५ लाख रुपैयाँ धाटा ब्यहोरेको थियो ।
चेज एअर काण्डः (डुबेको जम्मा रकमः अनुमानित रु . १० करोड)
२०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा नेकपा (माले) का यामलाल कँडेल पर्यटनमन्त्री हँुदा पार्टी महासचिव बामदेव गौतम निकट हङकङ रानामगरलाई नेपाल वायुसेवा निगम अध्यक्ष बनाई जहाज र कार्यालय समेत नभएको ‘चेज एअर’नामको कम्पनिबाट बोइङ–७५७ भाडामा ल्याउने सम्झौता गरियो ।
नाममात्रको सो कम्पनिका सिसिल विन्टर्ससँग सम्झौता गरिएको त्यो प्रकरणबाट निगमले ९ लाख अमेरिकी डलर भन्दा बढि नोक्सानी ब्यहोर्नु परेको थियो । (यमलाल कडेल हाल प्रदेश न.६ सुर्खेतको क्षेत्र न. २ बाट सामानुपातिक तर्फबाटका निर्वाचित सदश्य हुन)
चाइना साउथवेष्ट काण्डः (डुबेको जम्मा रकमः रु.२२ करोड)
२०५५ सालमा काँग्रेस–एमालेको संयुक्त सरकारले बि.के.मान सिंहलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाएपछि बिना टेन्डर चाइना साउथवेष्ट एअरलाइन्ससँग सम्झौता गरियो । एमाले नेता भिम रावल पर्यटनमन्त्री हुदाको यो प्रकरणमा वायुुसेवा निगमले २२ करोड रुपैयाँको नोक्सानी ब्यहोरेको थियो ।
एयरबस काण्डः
२०६६ सालमा नेपाल वायुसेवा निगमलाई डुबाउने ठुलो प्रयास भएको थियो । एउटा न्यारोबडी र अर्काे वाइडवडी एयरबस विमान खरिदकोलागी कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारले सञ्चालक समितीको निर्णय र आवश्यक रकमको व्यवस्था नहुँदै, बैना पठाउनुलाई भष्टाचार भन्दै निगमका तत्कालीन कार्यकारी अध्यक्ष कंसाकार, नायव महाप्रबन्धक द्धय राजकुमार केसी र गणेश ठाकुर विरुद्ध अदालतमा मुद्दा चलाएको थियो ।
मुद्दा प्रक्रियामा रहदै एयरबसले २८ माघ २०६७ मा बैना फिर्ता गरेको कारण थुनामा रहेका अभियुत्तहरुले सफाई पाएको यो काण्डमा माउवादि पार्टीको शीर्ष नेताहरुकै संग्लगनतामा रहेको चर्चा रहेको थियो ।
साभारःविश्वघटना डटकमबाट