असार १६, काठमाण्डौ । हिजोदेखि बसेको नेपाल भारत प्रवुद्ध समुहको बैठक सकिएको छ ।
बैठकले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन तथा विगतमा दुई देशबीच भएका सन्धी सम्झौता पुनरावलोकन गर्ने लगायतका विषयमा प्रतिवेदन तयार पारेको छ ।
नेपाल र भारत प्रबुद्ध समूह (ईपीजी) साझा प्रतिवेदन तयार पार्न सफल भएको छ । १९५० को पुनरावलोकनका लागि सुझाव दिन बनेको ईपीजीको शनिबार सम्पन्न बैठकले प्रतिवेदनमा सहमति जुटाएको हो ।
दुवै पक्षको सहमतिमा बनेको प्रतिवेदन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीलाई बुझाइने छ ।
नवौँ पटकसम्म बसेको समुहको बैठकपछि प्रतिवेदन तयार भएको हो । प्रतिवेदनमा दुई देशबीच भएका समस्याहरु कसरी समाधान गर्ने भन्ने विषयमा सुझाब समेटिएको छ ।