Logo

सरकारलाई कांग्रेसको कडा चेतावनी : सडक र सदनबाट संघर्ष गर्ने



काठमाडौं, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले सरकारविरुद्ध सडक र सदनबाट संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस सहमहामन्त्री डा.महतले सरकारले नागरिकका सबै स्वतन्त्रता नियन्त्रण गरेर अधिनायकवादतर्फ अग्रसर भएकाले संघर्षको विकल्प नरहेको बताएका हुन् ।

उनले लोकतन्त्रविरुद्ध सरकारले गरेका कामको खबरदारी गर्दै लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्न आह्वानसमेत गरे ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले सरकारले संवैधानिक अंगहरुलाई कार्यपालिका मातहत ल्याउने प्रयास गरिरहेकाले त्यसको सशक्त प्रतिकार गर्नुपर्ने बताइन् ।

 



प्रतिक्रिया दिनुहोस्