काठमाडौं, १८ असार । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बढूले प्रा डा गोविन्द केसीका बारेमा सरकारको स्पष्ट धारणा माग गरेका छन् ।
केसीले चिकित्सा शिक्षा र मोफसलमा पनि सर्वसाधारणका लागि सर्वसुलभ उपचार सेवाको माग गरिहँदा अहिलेको वर्तमान समाजवाद उन्मुख सरकार असहमत हुनु पर्ने स्पष्ट कारण बढूले प्रतिनिधिसभाको बैठकमा माग गरेका हुन् ।
बढूले काँग्रेस नेतृत्वको सरकारका बेलामा ल्याइएको अध्यादेश अनुरुपको विधेयक संसदमा यथासिघ्र पेश गरी डा केसीको अनसनलाई पनि सम्वोधन गर्न माग गरेका छन् ।
डा केसी १५ औं पटक आमरण अनसनमा बसिरहेका छन् । पहिलो पटक उनी मोफसलमा जुम्लामा गई गत शनिबारदेखि अनसनरत छन् ।