Logo

पुरानै चिकित्सा शिक्षा विधेयक सदनमा प्रस्तुत गर्न कांग्रेसको माग



काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले यसअघिको सरकारले तयार गरेको चिकित्सा शिक्षासम्बन्धी विधेयक नै सदनमा प्रस्तुत गर्न माग गरेको छ ।

प्रतिनिधीसभाको सोमबारको बैठकको शुन्य समयमा सांसद दिलेन्द्रप्रसाद बडुले यसअघिको सरकारले अघि बढाएको चिकित्सा शिक्षासम्बन्धी विधेयक नै सदनमा पेश गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन सरकारको असहमति हुनको कारण पनि बडुले मागेका छन् । उनले डा गोविन्द केसीको अनशन तत्काल अन्त्य गर्ने वातावरण बनाउन पनि ध्यानाकर्षण गराए ।

त्यस्तै बैठकको बिशेष समयमा सांसद भरतकुमार शाहले जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई धरपकड गरेको घटनाप्रति आपत्ती जनाएका थिए ।



प्रतिक्रिया दिनुहोस्