Logo

केन्द्र सरकारका कारण मधेशका बाढी पीडितको उद्दार गर्न सकिएन : मन्त्री राय



असार १९, काठमाण्डौ । हिजोदेखि परेको अविरल वर्षाका कारण तराई क्षेत्रमा बाढी र पहाडमा पहिरोको प्रकोप बढ्दै गएको छ । बाढी पहिरोका कारण करिब एक दर्जन नागरिकको ज्यान गइसकेको छ ।

प्रदेश नम्बर दुईका पर्यटन मन्त्री रामनरेश रायले चुरे क्षेत्रको विनाशका कारण तराई–मधेशमा बाढीको प्रकोप बढ्दै गएको बताएका छन् ।

मन्त्री रायले मधेश क्षेत्र बाढीका कारण आक्रान्त भएको बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रायले भने, “अहिले मधेश डुबानमा परेको छ । खेतियोग्य जमिनमा बालुवा भरिएको छ ।”

तपाई मन्त्री भएर समस्या मात्रै भन्ने कि समाधान पनि गर्ने भन्ने धमलाको प्रश्नमा मन्त्री रायले आफूसँग जादुको छडी नभएको भन्दै प्रदेश सरकारलाई काम गर्ने अधिकार नै नदिइएको अरोप लगाए ।

“सरकारले औकात अनुसार काम गरिरहेको छ । संघीय सरकारले जुन अधिकार दिएको छ, त्यसअनुसार काम गरिरहेका छौँ ।” रायले भने ।

संघीय सरकारले प्रदेश नम्बर २ लाई बजेट विनियोजन गर्दा पनि भेदभाव गरेको उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्