Logo

जमीन अभावका कारण रोकिएको भ्यूटावर निर्माण हुने



दमक, १९ असार । झापाको दमक-३ स्थित प्रस्तावित भ्यू टावर निर्माणका लागि पाँच बिगाह जमीन सरकारलाई उपलब्ध गराइएको छ ।जमीन अभावका कारण रोकिएको भ्यूटावर निर्माण कार्य सुरु गर्नका लागि स्थानीयबासीले पाँच बिगाहभन्दा बढी जमीन जुटाएपछि अब भ्यूटावर कार्य अगाडि बढ्ने भएको हो ।

वडा कार्यालयले भ्यूटावरका लागि आवश्यक जमीन जुटाएपछि अब दमकमा अत्याधुनिक नमूना भ्यूटावर बन्ने बाटो खुलेको वडाध्यक्ष नवीन बरालले बताए । उनका अनुसार नगरपालिकासहित भ्यूटावर समितिको एक टोली काठमाडौं पुगेर भ्यूटावरको जग्गा सरकारलाई हस्तान्तरण गरिएको छ ।

नगरप्रमुख रोमनाथ ओली, उपप्रमख गीता अधिकारीसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जग्गाको धनीपूर्जा हस्तान्तरण गरिएको वडाध्यक्ष बरालले बताए ।

त्यसक्रममा जग्गाको पूर्जा ग्रहण गर्दै प्रम ओलीले अब भ्यूटावरको कामले गति लिने विश्वास व्यक्त गरेको उनले बताए । सो भ्यूटावरको गतवर्ष प्रम ओलीले शिलान्यास गरेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्