खजुरा, बाँके, १९ असार । निरन्तर भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ ।
आइतबार साँझदेखि शुरु भएको वर्षाले नेपालगञ्जबाट कर्णाली क्षेत्रअन्तर्गतका जिल्लामा हुने सबै हवाई उडान सोमबारदेखि बन्द रहेको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमले बताए।
यो पनि पढ्नुहोस्
५ वर्षभित्र २५ जहाज किनेर छाड्छु, अमेरिका सिधा उडान हुन्छ : कंसाकार
पोखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य
हिमालय एयरलायन्सको काठमाडौं-दिल्ली उडान अनुमति दिलाउन ओलीको आग्रह
नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेका छन् । हुम्लाका लागि उडान नहँुदा ५०० भन्दा बढी भारतीय तीर्थयात्री यहाँका विभिन्न होटलमा अलपत्र परेका छन् ।
कर्णालीबाहेक काठमाडौँको उडान मात्र नियमित रहेको सो कार्यालयले जनाएको छ । रासस