Logo

सुन्तलाको बोट बिक्रिबाट लाखौ आम्दानी



म्याग्दी, २१ असार । अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर रु पाँच लाखभन्दा बढी आम्दानी गरेका छन ।

विगत पाँच वर्षदेखि नर्सरी स्थापना गरी सुन्तला, कागती लगायतका बिरुवा उत्पादन गर्दै आएका विकले असारको दोस्रो हप्तासम्म १९ हजारभन्दा बढी सुन्तलाका बिरुवा बिक्री भरेका हुन ।

रघुगंगा, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाका कृषि सेवा केन्द्र तथा किसानले विकको नर्सरीमै पुगेर बिरुवा खरीद गरेका हुन् । उहाँले चार हजार कागतीका बिरुवासमेत बिक्री गरेका छन । प्रतिबिरुवा रु २० देखि रु २५ सम्ममा बिक्री हुन्छ ।

“बिरुवा सबै बिक्री हुने भएकाले नर्सरीतर्फ उत्साहित छु”, उनले भने । कृषि सेवा केन्द्रमार्फत तालीम लिएर नर्सरी स्थापना गर्नुभएका विकले हरेक वर्ष बिरुवाको माग बढ्दै गएको बताए ।

यो पनि पढ्नुहोस्

कृषि औजार कारखाना स्थापना गरिने

‘कृषि उत्पादन दोब्बर बनाइने’ : मन्त्री खनाल

कृषिमा आधारित उद्योग मेरो चाहना : प्रचण्ड

सुन्तलाको बिरुवाका लागि तनहुँ, गोर्खा र धादिङबाट समेत माग आउने गरेको छ । बिरुवा स्थानीयस्तरमै खपत भएपछि माग पूर्ति गर्न नसकिएको उनको भनाइ छ ।

यस्तै, फगामकै दिलमायाँ तिलिजाले समेत रु दुई लाखको सुन्तलाको बिरुवा बिक्री गरेका छन । मनसुन शुरु भएपछि यहाँका किसान सुन्तला, कागती लगायतका फलफूलका बिरुवा रोप्न व्यस्त छन्। स्थानीय तहले समेत किसानलाई अनुदानमा फलफूलका बिरुवा वितरण गरिरहेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्