Logo

कच्चि बाटोमा यात्रु अलपत्र



मोहन तामाङः संखुवासभा, २१ असार । संखुवासभा र धनकुटा हिले जोड्ने पक्की बाटो नहुँदा यात्रुहरु मारमा परेका छन् । बर्षायाम संगै कच्चि बाटो बिग्रीएपछि गाडी आवात–जावतमा समस्या परेको हो । केहि ठाँउमा बाटो राम्रो भए पनि हिले लेगुवा सडक खण्डमा सडकको दुरदशका कारण सास्ती भोग्न परिरहेको छ ।

बर्षामासमा कच्चि बाटोमा एकै घण्टा मात्रै पनि पानि प¥यो भने पनि बाटोमा यातायात ठप्प हुन्छ । उक्त कच्चि बाटो सानो ट्याक्सीको लागि मात्रै उपयुक्त छ तर यातायात बिभागले सडक मा ठुला यातायात यात्रु बाहक बस तथा ठुला ठुला ट्रक पनि कुद्ने हुदाँ सडकको अबस्था झनै बिग्रिने देखिनछ ।

सरोेकारवाला निकायले ध्यान नदिएर सडकको दुरदशा देख्नुु परेको र यात्रुहरुले सास्ती खेप्नु परेको त्यहाँको स्थानीयहरु बताउँछन् । जनप्रतिनिधीले सडकको स्थतीको बारेमा अहिले सम्म चासो नराखेको र सम्बन्धीत निकायलााई खर्बदारि नगर्दा यात्रुहरु बिचैमा अलपत्र पर्ने गरेका छन् । अरु बेला यात्रा गर्दा ३ घण्टामा पार गरिने बाटो बर्खामासमा १ दिनमा पनि नसकिने र कष्टकर यात्रा हुने यात्रुहरु बताउछन् ।

बसन्तपुर चैनपुर सडकखण्ड सञ्चालन नहुँदा यात्रुहरु लेगुवा हुदैँ जानु पर्ने बाध्यता छ । बसन्तपुर चैनपुर सडकखण्डको टुटे देउरालि देखि १२ किलोमिटर पर्ने मुढे सम्म बाटोको स्थिती खाल्डो अनि चिप्लो माटो भएकोले यात्रा गर्न झनै कठिन हुने हुँदा यात्रुहरु लेगुवा हुदै जानु पर्ने बताउछन् । बर्खायाममा अकरको बाटो त्यसैनै सानो त्यस माथी बर्खायामको बर्षा संगै यात्रा गर्न जोखिम हुने र अरु उपाय र बाटो नहुँदा जोखिम यात्रा गर्न बाध्य रहेको बताउँछन् ।

?

चुनाबको बेलामा उक्त सडक बनाउने कालोपत्रे गर्ने उजेन्डालाई लिए पनि अहिले बाटोको स्थिती बिग्रिदाँ कुनै पनि जनप्रतिनिधिहरुले चासो नदिएको स्थानियाहरुको गुनासो छ । सडकमा परेको खाल्डोमा सवारीसाधन फस्दा दुई घण्टाको दूरी पार गर्न छ घण्टा लाग्ने गरेको बताउँछन् ।

हिलो सडकमा सवारी साधन गुड्न नसक्दा संखुवासभावासीले खाद्यान्न तथा दैनिक उपभोग्य वस्तु ढुवानीमा समेत वर्षैपिच्छे सास्ती बेर्होनु परेको व्याबसायीहरु बताउँछन् । हिउँदका समयमा धनकुटाको हिलेबाट सामान लोड गरेर दुई दिनमा सदरमुकाम खाँदबारी पुग्ने भए बर्खायाममा एक सातासम्म लाग्ने गरेको व्यापारी श्यामसुन्दर उदासले बताए।



प्रतिक्रिया दिनुहोस्