Logo

मुस्ताङमा टिप्पर दुर्घटना: १५ को मृत्यु, १० घाइते



काठमाडौं,२२ असार । मुस्ताङको स्याङ्बोचेमा सडक निर्माण गर्ने मजदुर चढेको ट्रक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको खवर प्राप्त भएको छ ।

आज दिउसो २ बजेको समयमा दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको ट्रक सडकबाट खस्दा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको र मृतकहरुको सनाखत हुन बाँकि रहेको खवर प्राप्त भएको छ

ती मजदुरहरु स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गर्दा उनीहरु चढेको चढेको बा २ क २२१९ नम्बरको गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ भने बाँकि अरुको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उद्दारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पर्खिरहेको जनाईएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र रेग्मीसहितको टोली घटनास्थलतर्फ गएको छ भने हेलिकोप्टर घटनास्थलमा अझै पुगेको छैन । घटनास्थल मुस्ताङको सदरमुकामबाट गाडिमा ३ घण्टाको दुरीमा रहेको छ ।

एजेन्सि



प्रतिक्रिया दिनुहोस्