काठमाडौं २३ असार । विश्वकपको दावेदार मानिएको र इतिहाँस रच्ने दाउमा रहेको ने पाँच पटकको विश्व विजेता ब्राजिल जारी विश्वकप फुटबल प्रतियोगिताबाटै बाहिरिएाके छ । शुक्रबार राती भएको खेलमा ब्राजिल बेल्जियमसँग हार खादै क्वार्टरफाइनलबाटै बाहिरिएको हो । उपाधिको प्रमुख दावेदार भनिएको ब्राजिल बेल्जियमसँग २–१ गोलले पराजित भयो । पहिलो हाफमा गरेको २ गोलले बेल्जियम अन्तिम समयसम्म ब्राजिललाई दवावमा रख्न् सफल भयो र जित निकाल्यो ।
खेलको १३औं मिनेटमै बेल्जियमको प्रहार क्लियर गर्न लाग्दा फर्नान्डिन्होले आफनै पोष्टमा गोलगरेका थिए । दोस्रो हाफमा ब्राजिलले १ गोल फर्कायो, तर, पाएका थुप्रै अवसरहरुमा चुक्दा उसले क्वार्टरफाइनलबाटै घर फर्कनुपर्यो । जापानविरुद्धको खेलमा २–० ले पछि परेको अवस्थामा पनि बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै नतिजा ३–२ ले आफ्नो पक्षमा पारेको थियो । बेल्जियमले अब फाइनल प्रवेशका लागि फ्रान्ससँग खेल्नेछ । फ्रान्स शनिबार नै भएको खेलमा उरुग्वेलाई हराएर सेमिफाइनलमा पुगेको हो ।