Logo

राजापाले आज दुइटै विधान पारित गर्ने, नेतृत्वमा लफडा



काठमाडौं २३ असार । राष्ट्रिय जनता पार्टी (राजपा) को दुई दिनदेखि जारी राजनीतिक समितिको बैठकमा महाधिवेशन गर्नका लागि विधान संशोधन प्रस्तावमाथि छलफल सुरु भएको छ । २७ सदस्यीय समितिको बैठकमा शुक्रबार १५ सदस्यले बोल्दै प्रस्तावित विधानमाथि आफ्नो धारणा राखेका थिए ।

राजपाको अघिल्लो बैठकले वैशाख पहिलो साता महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि विधान संशोधन गर्न राजपाले तयारी थालेको हो । बैठकमा संसदीय दलको नेतासम्बन्धी विधानको मस्यौदा पनि पेस भएको थियो । शनिबार बस्ने बैठकले दुवै विधान पारित गर्नेछ ।

महाधिवेशन कहाँ गर्ने, त्यसका लागि स्थानीय निकायमा अधिवेशन कसरी गराउनेलगायत विषयमा पनि बैठकमा छलफल भएको राजपाले जनाएको छ ।नेतृत्वका विषयमा भने कुरा मिलेको छैन । संसदीय दलको नेता र एकजना मात्रधै अध्यक्ष राखन्ेमा राजेन्द्र महतो र महन्त ठाकुरबीच प्रतिस्पर्धा देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्