Logo

प्रा. डा. कुलप्रसाद कोइराला भन्छन्-मलाई वालुवाटार लगेर एउटा कोठमा राखे अनि…(अन्तरवार्ता)



असार २४, काठमाण्डौ । विमानस्थलमा फ्लाईट कुरेर बसेको थिएँ । प्रहरीहरु आएर मलाई सामानसहित फर्काए । साथीहरुलाई चाँही छोडिदिए ।

मलाई वालुवाटार लगेर एउटा कोठमा राखे । प्रधानमन्त्री केपी ओलीले भेट्न बोलाएको भनियो । भेट्न दिइएन । यस कुरामा दुःख लाग्यो ।

जुन तरिकाले प्रधानमन्त्रीको सचिवालय कुराईयो, त्यसमा आपत्ति छ ।

सम्बन्धित समाचार :

ओलीको निर्देशनमा अपराधीलाईजस्तो मलाई छापामार शैलीमा समातियो : उपकुलपति कोइराला (भिडियोसहित)

८ बजेको फ्लाईट कुरेर बसेका कोइरालालाई ७ बजे बालुवाटार लगेर किन थुनियो ?

मैले प्रधानमन्त्री र शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रीको नाममा क्यानडा भ्रमणका लागि विदा स्विकृतसम्बन्धमा पत्र लेखेको थिएँ । आवश्यक कागजपत्र पनि दिएको थिएँ । तर पत्र दिए पनि कुनै जवाफ दिइएन ।

मैले कानुन मिचेको छैन । देशको बेइज्जत गर्ने काम गरेको छैन । म देशका धेरै विद्यार्थीलाई नैतिक शिक्षा दिने व्यक्ति हुँ ।

म दुःखका साथ भन्छु, कुलपतिजीले ममाथि अलिकति फरक व्यवहार गर्नुभयो ।
म नेपाली कांग्रेसको समर्थक हुँ । विगतमा कांग्रेसले गरेका हरेक आन्दोलनमा म सहभागि छु । तर म अहिले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति हुँ ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलाले गरेको कुराकानी :

JANATA JANNA CHAHANCHHA

Posted by Prime Times Television, Nepal on Sunday, July 8, 2018



प्रतिक्रिया दिनुहोस्