काठमाडौं, २५ असार : संगीतकार आलोक श्रीमाथि महानगर प्रहरीबाट दुर्व्यवहार भएको छ । सोमबार दिउँसो करिब २ः३० बजे काठमाडौंको अनामनगरस्थित नेपाली रेडियो नेटवर्क अगाडीबाट महानगर प्रहरीले उनीमाथि दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएको छ ।
सडक छेउमा मोटरसाइकल पार्किङको विषयलाई लिएर स्थानीय र महानगर प्रहरीबीच विवाद भएको थियो । विवादका बेला संगीतकार श्रीले पार्किङको विषयमा स्थानीयलाई समस्या नभएको अवस्थामा प्रहरीले जवरजस्ती गर्न नहुने बताएका थिए ।
सोहि विषयलाई लिएर महानगर प्रहरीले महानगर प्रमुखमाथि गाली गरेको आरोप लगाउँदै उनलाई गिरफ्तार गरेको थियो । उनलाई अभद्र शैलीमा गिरफ्तार गरिएको थियो ।
महानगर प्रहरीले सडक छेउँमा राखिएका मोटरसाइकल तथा स्कुटर गाडीमा राख्ने क्रममा स्थानीय र प्रहरीबीच विवाद भएको थियो । स्थानीय एक व्यक्तिले उजुरी गरेपछि आएको महानगर प्रहरीले बताएको छ । प्रहरीले पटकपटक फोन आएपछि आएको जनाएको हो ।
तर, अन्य स्थानीयले पार्किङले कुनै समस्या नभएको बताएका छन् भने उनीहरुले कुनै एक व्यक्तिको रिसइवीका कारण अरुलाई समस्या हुन नहुने बताएका छन् । सडक छेउमा एकतर्फी पार्किङ गर्न पाउनु पर्ने स्थानीयको माग छ