Logo

मैले किटानी गरेका सबै जेल जानुपर्छ नत्र मलाई बाँच्न मन छैन : गंगामाया



काठमाडौं, २५ असार । सरकारी अधिकारीहरुले आग्रह गरेपनि अनशनरत गंगामाया अधिकारीले अनसन तोड्न अस्विकार गरेकी छिन् ।

कृष्णप्रसाद अधिकारीको हत्या अभियोग लागेका छविलाल पौडेलले सर्वोच्च अदालतसामू आत्मसमर्पण गरेपछि सरकारी अधिकारीहरु गंगामायालाई भेट्न वीर आज वीर अस्पताल पुगेका थिए ।

उनीहरुले गंगामायालाई अनशन तोड्न आग्रह गरेका थिए । वीर अस्पपतालमा आमरण अनसनरत फुजेल हत्याकाण्डकी पीडित गङ्गामाया अधिकारीलाई गृह सचिव र कानुन सचिवद्वोय जुस पिलाएर अनसन तोडाउन उनीलाई राखेको आईसियुमा पुगेका थिए ।

तर गृह र कानुन सचिवको सल्लाहलाई बेवास्ता गर्दै गङ्गामायाले अनसन तोड्न मानिनन् । उनी भन्छिन्,‘मैले किटानी गरेका सबै जना जेल जानुपर्छ नत्र मलाई बाँच्न मन छैन, त्यसकारण पनि म मेरो श्रीमान् मरेकै ठाउँमा मर्न आएकी हुँ ।’

तर, गंगामायाले सरकारको आग्रह अस्वीकार गरेकी छन् । छविलाललाई पक्राउ गरेकोमा धन्यवाद दिएकी उनले गोली हान्ने रुद्र आचार्य कहाँ छ भन्ने प्रश्न गरेकी छन् ।

मानवअधिकारकर्मीहरुले गंगामायाका अरु माग पुरा गर्ने लिखित प्रतिवद्धता जनाए अनशन तोड्न पहल गर्ने बताएका थिए । तर, सरकारी टोलीले लिखित सम्झौताको म्याण्डेट नलिई आएकाले सम्भव नभएको एक अधिकारीले बताए ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्