विराटनगर, ३० असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार दुई तिहाइको दम्भमा संविधानलाई तहसनहस बनाउने खेलमा लागेको गम्भिर आरोप लगाएका छन् ।
आज शनिबार विराटनगरमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकारको आडमा मुलुकमा मनपरीतन्त्र मौलाउँदै गएको बताएका हुन ।
सिटौलाले भने,‘दुई तिहाइको बलमा सरकार संविधान र कानुनविपरीतका काम गरिरहेको छ, सरकारले प्रतिपक्षमा कांग्रेस छ भनेर बुझोस् । अब सरकार हुकुमी र तानाशाही शैलीमा अगाडि बढे कांग्रेसले प्रतिवाद गर्दछ ।’ सरकार गठनको ६ महिना नबित्दै जनमानसमा अनेक शंका, उपशंका उब्जिन थालेकाले उनको भनाई थियो ।