Logo

सप्तकोशी नदीमा पानीको बहाब यो वर्षकै उच्च, रातो बत्ति बल्यो



असार ३१, काठमाण्डौ । सप्तकोशी नदीको वहाव यो वर्षकै उच्च विन्दुमा पुगेको छ ।
आइतबार बिहान कोशीको बहाव २ लाख २२ हजार ६ सय ३२ क्युसेक प्रतिसेकेण्ड छ । उक्त बहाव यो वर्षकै उच्च हो ।

भारतीय पक्षले कोसी ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनी नदीलाई पश्चिमतर्फ धकेलेपछि वर्षाैंदेखि मर्मत अभावमा जीर्ण रहेको पश्चिमी तटबन्ध र स्परमाथि खतरा बढेको छ  ।

सम्बन्धित समाचार :

सप्तकोशी नदीको बहाव वर्षकै उच्च

सप्तकोसीमा पानीको बहाब यो वर्षकै उच्च, रातो बत्ति बल्यो, स्थानीय त्रसित

कोशी व्यारेजका ५६ ढोका मध्ये २९ वटा ढोका खुला गरिएको छ । शनिबार २३ ढोकामात्र खुलाइएको थियो ।

शनिबार कोशीमा पानीको बहाव १ लाख ७३ हजार ८ सय २० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको थियो । केही दिन यता तराई क्षेत्रमा भारी वर्षा नभएपनि वागमती पूर्वका अरुण, तमोर, भोटेकोशी, तामाकोशी, दुधकोशी, लिखु, बरुण नदीको मिलेर बनेको पहाडी क्षेत्र कोशी वेसिनमा अत्यधिक बर्षा भएकाले सप्तकोशीमा पानीको बहाव वढेको हो ।

पानीको बहावमापन हालसम्म नेपाली पक्षले भारतीय कन्ट्रोल रुमले दिएको आधारमा प्रयोग हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्