काठमाडौं, ३२ असार । अनशनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले आफ्नो तर्फबाट वार्ता टोली गठन गर्ने तयारी गरेको छ ।
डाक्टर केसीको तर्फबाट सरकारसँग वार्ता गर्न गठन भएको अनौपचारिक वार्ता टोलीका सदस्य डाक्टर अभिषेक प्रताप सिंहले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार सरकारले पनि आजै वार्ता टोली गठन गर्ने भएको छ । उनका अनुसार शिक्षा र स्वास्थ्यमन्त्री उक्त वार्ता टोलीमा हुनेछन् ।