Logo

समितिको खुलासा : सुन तस्कर सनम शाक्य हत्याको मुख्य नाइके गोरे नै हुन्



असार ३२, काठमाण्डौ । सुन तस्करी र सनम शाक्य हत्याकाण्डबारे छानबीन गर्न बनेको विशेष छानविन समितिले प्रतिवेदन अन्तिम चरणमा पुर्याएको छ ।

समितिले सुन तस्करी र मोरङ उल्र्लाबारीका सनम शाक्यको हत्या प्रकरणका मुख्य योजनाकार गोरे भनिने चुडामणी उप्रेती नै रहेको निष्कर्ष निकालेको छ ।

यो पनि पढ्नुस् :

सुन तस्करीमा ठूला माछा पनि पक्राउ पर्ने’ : गृहमन्त्री थापा

सुन तस्करी र हत्या मुद्दा : ‘ठूला नेता पक्रिए पर्दाफास’

लालबाबु पण्तिको खुलासा-सुन तस्करमा नेतादेखि कर्मचारी संलग्न

गोरेले नेताहरुको नाम डाम्दै, सुन तस्करीमा ‘ठूलै माछा’को संलग्नता

‘सुन तस्करीमा ठूला मान्छेको संलग्नता छ, मैले त निर्देशन मात्रै मानेको हुँ’ (भिडियोसहित)

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले जुटेका प्रमाणका आधारमा थाई एयरलाइन्सका कर्मचारी सानु वनको दुर्घटना र नेपाल वायुसेवा निगमका कर्मचारी प्रेमनारायण चौधरीले प्रहरी हिरासतमै गरेको आत्महत्याका पछाडिको कारण समेत गोरे नै भएको निचोड निकालेको हो ।

गोरे समूहले ५ बर्षको अवधिमा हराएको भनिएको साढे ३३ किलो सुन सहित ४ हजार किलो सुनका मुख्य लगानीकर्ता एमके अग्रवाल, विमल पोद्दार, राजु द्वारका र भुजुङ गुरुङ रहको समितिले निष्कर्ष छ ।

गतबर्षको माघ पहिलो साता संयुक्त अरव इमिरेट्स यूएईबाट त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै भित्रिएको साढे ३३ किलो सुन गायब भएपछि गोरेसमूहले फागुन १८ गते शाक्यको हत्या गरेको थियो ।

समितिले सुन तस्करमा लगानी गर्ने व्यक्ति धेरै भए पनि मुख्य योजनाकार भने गोरे नै रहेको दाबी गरेको छ ।

पौडेल नेतृत्वको ९ सदस्यीय टोलीले तस्करीको साढे ३३ किलो सुन कहाँ गयो भन्ने मुख्य प्रश्नको रहस्य भने सुल्झाउन सकेको छैन । छानविन समितिको म्याद आज मध्यरातिदेखि सकिदैछ ।

एक सय दिनको अवधिमा समितिले सुनको अवैध कारोवार गरेको अभियोगमा ९ उच्च प्रहरी अधिकृतसहित ७५ जनालाई नियन्त्रणमा लिई प्रहरीलाई अनुसन्धानको जिम्मा दिएको छ ।



प्रतिक्रिया दिनुहोस्