Logo

सरकार स्वेच्छचारी देखियो, समर्थन फिर्ता लिन सक्छौं : राजपा



काठमाडौं, २ साउन । राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन जारी राख्ने वा फिर्ता लिने भन्नेबार आफूहरुले पूर्नविचार गर्ने स्पष्ट पारेका छन् । उनले भने,‘सरकारलाई समर्थन गर्ने कुरामा हामी पूर्नविचार गर्छौं।’

सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकार गठन भएको ५ महिनामै सडकमा जाने अवस्था किन आयो भन्दै नेता लालले प्रश्न समेत तेर्साए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सरकार स्वेच्छचारी देखियो, लोकतान्त्रिक व्यवस्था अनुसार चल्नुपर्छ नि, अहिले मुलुकको समृद्धिभन्दापनि सरकारले आफ्नो पार्टी र कार्यकर्ताको समृद्धि बढि चाहेको देखियो।’

सरकारका पछिल्ला कदमहरुले सरकारविरुद्ध नै जनमत बढिरहेको बताउँदै उनले यो जनमतलाई कांग्रेसले प्रयोग गर्न चाहेको सुनाए । उनले भने,‘यो जरुरी पनि छ, माईतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्यो, यो प्रतिबन्ध लगाउने कामपनि सरकारको स्वेच्छाचारी मानसिकताको स्पष्ट चित्र हो।’

राज्यले डाक्टर गोविन्द केसीसँग धेरैपटक सम्झौता गरेको तर अहिलेसम्म कार्यान्वयन नगरेकोमा उनले गुनासो पोखे । उनले भने,‘डाक्टर केसी अनशनमा हुनुहुन्छ, तर सरकार उहाँको मागप्रति गम्भिर बन्नुपर्छ।’ चिकित्सा शिक्षा अध्यादेश हेरफेर गर्दा सरकारको विश्वसनियता समाप्त हुने बताउँदै उनले सरकारले सदनमा दम्भको कुरा गर्न नहुने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्