काठमाडौं, २ साउन । जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक अरुसँग वार्ता नगर्ने सन्देश आज पठाएका छन् ।
केसीका समर्थक समेत रहेका अधिवक्ता ओमप्रकाश अर्यालले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार डाक्टर केसीले प्रधानमन्त्री ओलीसँगमात्रै वार्ता गर्ने ईच्छा व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार :
त्रिवि शिक्षण अस्पतालका चिकित्सकद्धारा विरोध प्रदर्शन (फोटोफिचर)
अर्यालले भने,‘डाक्टर केसीको आग्रह छ, प्रधानमन्त्री आँफै वार्ताको लागि जुम्लामा जानुपर्छ, होईन भने उहाँले वार्ता गर्नुुहुँदैन्।’