साउन ४, काठमाण्डौ । पूर्व शिक्षामन्त्री दिनानाथ शर्माले डा. गोविन्द केसीको जीवन रक्षाका लागि जुम्लाबाट काठमाण्डौ ल्याइएको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै शर्माले केसीको अनशनमाथि हस्तक्षेप गरेको नभै जीवन रक्षाका लागि आवश्यक कदम चालिएको बताए ।
“व्यक्तिको जीवन रक्षा गर्नु राज्यको दायित्व हो । त्यसकारण उहाँलाई नबाँचोस्, जुम्लामा नै अन्त्य होस्, भन्ने चाहनेहरुले जे हर्कत देखाए त्यो निन्दनीय छ ।” शर्माले भने ।
गाणतन्त्र विरोधी शक्तिहरुले गोविन्द केसीलाई अघि सारेर राजनीतिक गरेको शर्माको आरोप छ ।
अब केसीसँग वार्ता गरेर जायज मागलाई सरकारले सम्बोधन गर्ने शर्माले बताए । “विरामीलाई उपचार नगरेर अनशन बस्दै हिँड्ने एक जना डाक्टरका समस्या वा जायज मागलाई राज्यले सम्बोधन गर्छ ।” शर्माले भने ।
सम्बन्धित समाचार :