काठमाडौं, ४ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अनशनरत डाक्टर गोविन्द केसीको पक्ष्ँमा लागेपछि प्रधानमन्त्री निवास बालुवाटारमा यतिवेला खैलाबैला मच्चिएको छ ।
स्रोतका अनुसार नेकपाका नेताहरु नारायणकाजी श्रेष्ठ, वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दबाब दिएपछि प्रचण्डपनि अनशनरत डाक्टर केसीको पक्षमा खरो रुपमा उत्रिएका छन् ।
सम्बन्धित समाचार :
प्रधानमन्त्रीले दलीय स्वार्थका कारण गोविन्द केसीमाथि दमन गरे : कोइराला
डा. गोविन्द केसीलाई दमन गर्दा ओली सफल, प्रचण्ड किन मौन ?
कम्युनिष्ट सरकारविरुद्ध अर्को कम्युनिष्ट पार्टीको यस्तो विज्ञप्ति, के भने मोहनविक्रमले ?
गणतन्त्र विरोधी शक्तिहरुले गोविन्द केसीलाई अघि सारेर राजनीतिक गरे : शर्मा
प्रधानमन्त्रीले दलीय स्वार्थका कारण गोविन्द केसीमाथि दमन गरे : कोइराला
केसीलाई लिन हेलिकप्टर जुम्लामा, सरकारी पक्ष र केसीपक्षबीच झडपको स्थिती
डा. केसीको जीवन तलमाथि भए कांग्रेसले जिम्मेवारी लिनुपर्छ : बडाल
डा. केसी सास फेर्न नसकेर आत्तिन थाले, बेलाबेलामा बर्बराउने समस्या
चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ
देशभरका चिकित्सकहरु हड्तालमा, नेकपाका डाक्टर भने केसीको विरुद्धमा
चिकित्सकको हडतालले सेवा प्रभावित, विरामीका आफन्त आक्रोषित(भिडियो)
डा. केसी रुँदै जुम्लाबाट काठमाण्डौ आउँदै, पत्रकारलाई प्रहरीको धम्की
प्रचण्ड पनि केसीको पक्षमा उत्रिएपछि प्रधानमन्त्री ओली आफ्नै पार्टीका नेताहरुसँग रुष्ट बनेका छन् । स्रोतका अनुसार प्रचण्डलाई नेकपाका नेता नारायणकाजीले प्रचण्डलाई कन्भिन्स गरेका हुन् । उनले प्रचण्डलाई बाहिर–बाहिर विरोध नगर्न सुझाएका थिए ।
नेकपाका नेता झलनाथ खनालले पनि केही दिन पार्टीमा अब ‘वान म्यान वान पोष्ट’ मा जानुपर्छ भन्ने धारणा राखेका थिए । उनले एउटै व्यक्ति प्रधानमन्त्री र अध्यक्ष हुन नहुने जिकिर गरेका थिए । आफ्नै दलका शीर्ष नेताहरुले यस्तो अभिव्यक्ति दिन थालेपछि पार्टीभित्रैबाट ओलीको जनमत कमजोर बनाउने काम भैरहेको पनि नेकपाका एक नेताले जनाए ।
यता अर्का बरिष्ठ नेता माधव कुमार नेपालपनि अनशनरत डाक्टर केसीको पक्षमा छन् । डाक्टर केसीको विषयमा अध्यक्ष प्रचण्डसँगै उनको पनि अडान एउटै रहेको स्रोतको दाबी छ ।