Logo

मन्त्री अधिकारीद्धारा पोखरामा एफएसयू फेस्टिबलको उद्घाटन



पोखरा, ४ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले दक्ष प्राविधिक राष्ट्र निर्माणको आधार भएको बताएका छन ।

इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस लामाचौरस्थित स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित तीनदिने भेक्टर डाइरेक्टर यो भिजन नामाकरण गरिएको एफएसयू फेस्टिबलको आज पोखरामा उद्घाटन गर्दै उनले इञ्जिनियरिङका विद्यार्थी आफ्नो देश बनाउन लाग्नुपर्ने बताएका हुन ।

मन्त्री अधिकारीले मुलुकको समृद्धिका लागि प्राविधिक शिक्षाको विकास अपरिहार्य भएको बताउँदै मुलुक भरका विद्यार्थीको सिर्जनालाई एकैथलोमा प्रदर्शन गर्न आयोजित फेस्टिबल लाभदायक हुने विश्वास व्यक्त गरेका छन ।

कार्यक्रममा इञ्जिनियरिङ अध्ययन संस्थानका डिन त्रिरत्न बज्राचार्य, फेस्टिबलका मुख्य प्रायोजक न्यु टेक्निकल वाटर प्रुफिङ एन्ड रिहाविलेसन प्रालिका निर्देशक लक्ष्मीप्रसाद सुवेदी, स्ववियू सभापति इन्द्र पौडेल, उपसभापति कुन्दनकुमार महतो, सचिव विजय झालगायतले इञ्जिनियरिङ शिक्षाको महत्वलगायतका विषयमा प्रकाश पारे ।

‘सूचना प्रविधिको प्रयोग, पूर्वाधार विकासमा बल, व्यावहारिक इञ्जिनियरिङ शिक्षाका लागि एफएसयू टेक्निकल फेस्टिबल’ नाराका साथ आयोजित सो फेस्टिबलमा मुलुकभरका प्रतिष्ठित झण्डै दुई दर्जन इञ्जिनियरिङ क्याम्पसबाट विद्यार्थी सहभागी हुनेछन् ।

फेस्टिबलमा विभिन्न इञ्जिनियरिङसँग सम्बन्धित कलेज, युनिभर्सिटी, सफ्टवेयर कम्पनी, सरकारी तथा गैरसरकारी संस्था गरी ८० भन्दा बढीको सहभागिता रहेको स्ववियू सभापति इन्द्र पौडेलले जानकारी गराए।

नेपालका उत्कृष्ट इञ्जिनियरिङ कलेजबाट सहभागिता रहेको सो फेस्टिबल अवधिभर करीब २० हजार बढीले अवलोकन गर्ने संयोजक किरण तिवारी बताउन्छन ।

न्यु टेक्निकल वाटर प्रुफिङ एन्ड रिहाविलेसन प्रालिको मुख्य प्रायोजन तथा बिग एफएम १०१।२ र पोखरा महानगरपालिकाको सहप्रायोजन रहेको मेलामा गण्डकन्यूज डटकम, मार्केटसंसार डटकम, प्रफेक्ट क्रियसन, नेपाल पर्यटन बोर्ड, आयुसा इन्टरनेसनल, एशियन पेन्ट, उत्साह एड्भर्ट, शिवम् सिमेन्ट, पोखरा बस व्यवसाय समितिलगायतले सहकार्य गरेका छन् ।

कार्यक्रममा विज्ञान तथा प्रविधिको अलवा मनोरञ्जन, रोबोर्ट फुटबल, फुड हन्ट, सिभिल प्रतिस्पर्धाजस्ता थुप्रै अन्य कार्यक्रम रहने बताइएको छ ।रासस
–––



प्रतिक्रिया दिनुहोस्