Logo

सरकारविरुद्ध मोर्चाबन्दी गर्दै कांग्रेस, राजपा र नयाँ शक्तिले साथ देला ?



साउन ५, काठमाण्डौ । सरकारको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै आएको नेपलाी कांग्रेसले आन्दोलनका लागि सत्ता बाहिर रहेका दलहरुको साथ खोज्न थालेको छ ।

आन्दोलन सुरु गरिसकेको कांग्रेसले राष्ट्रिय जनता पार्टी (राजपा) र नयाँ शक्ति पार्टीलाई पनि सामेल गराउन पहल थालेको हो । सभापति शेरबहादुर देउवासहित शीर्ष नेताले बिहीबार राजपा र नयाँ शक्ति पार्टीका नेताहरूसँग छलफल गरेका थिए ।

सम्बन्धित समाचार :

सरकारविरुद्ध आन्दोलन छेड्ने कांग्रेसको तयारी, पदाधिकारी बैठक बस्दै

सरकार र कांग्रेसबीचको विवादले यसरी लिदैछ द्धन्द्धको रुप, खतराको संकेत

सरकार स्वेच्छचारी देखियो, समर्थन फिर्ता लिन सक्छौं : राजपा

चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ

राजपासँगको छलफल सकारात्मक भए पनि निष्कर्षमा भने पुगेको छैन । छलफलमा सभापति देउवाले डा. गोविन्द केसीसँगको मुद्दा मात्रै नभएर सरकार अधिनायकवादीे बाटोमा जान थालेकाले संयुक्त आन्दोलनको आवश्यकतामा ोड दिइएको छ ।

देउवाले सरकार प्रतिपक्षी र नागरिकको आवाजलाई पेलेरै जान अग्रसर भएको भन्दै आन्दोलन प्रस्ताव गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्