साउन ५, काठमाण्डौ । आमरण अनसनरत डा. गोविन्द केसीको माग सुनुवाइ एवं जीवनरक्षाका लागि सरकारलाई दबाब दिन माइतीघर मण्डलामा आज विरोध प्रदर्शन हुने भएको छ ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै २२ दिनदेखि अनशनमा बसेको केसीको मागप्रति सरकार गम्भीर नभएको भन्दै माइतीघरमा मध्यान्ह १२ बजे प्राध्यापक, विश्लेषक, लेखक, अधिकारकर्मी, पूर्व प्रधानन्यायाधीश, पुर्वउपकुलपति विभिन्न दलका नेता, कार्यकर्ता, चिकित्सा क्षेत्र आवद्ध विभिन्न संघसंस्थाका प्रतिनीधि र सर्वसाधारणले प्रदर्शन गर्न लागेका हुन् ।
सम्बन्धित समाचार :
सरकारविरुद्ध आन्दोलन छेड्ने कांग्रेसको तयारी, पदाधिकारी बैठक बस्दै
सरकार र कांग्रेसबीचको विवादले यसरी लिदैछ द्धन्द्धको रुप, खतराको संकेत
सरकार स्वेच्छचारी देखियो, समर्थन फिर्ता लिन सक्छौं : राजपा
चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ
डा केसीको माग पूरा गर्न नेपाल बार एशोशिएशनको आग्रह
केसीको स्वास्थ्य ठीक भएपछि वार्ता
प्रदर्शनमा पूर्व प्रधानन्यायाधीशद्वय सुशीला कार्की तथा कल्याण श्रेष्ठ, अभिनेत्री मनिषा कोइराला, त्रिविका पुर्वउपकुलपति, केदारभक्त माथेमा, प्राध्यापक सुरेन्द्र लाभ, अधिकारकर्मी कृष्ण पहाडी, खगेन्द्र संग्रौला, नागरिक अभियन्ता देवेन्द्रराज पाण्डे लगायतका वुद्धिजिवि, लेखक, कलाकार र सर्वसाधारणहरुले ऐक्यबद्धता जनाउने बताइएको छ ।
चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर स्नातकोत्तर तहपछिको सेवा अवधिबाहेक बाँकी बुुँदाहरुमा कुनै परिवर्तन नगरी यथारुपमा पारित गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालनलगनयत कामहरु सुरु गर्नुपर्ने, चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठर्हयाएका पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गर्नुपर्ने लगायतका मागमा तत्काल सम्वोधन गर्नुपर्ने उनीहरुको माग छ ।