Logo

बिना शर्त वार्तामा आउन केसीलाई सरकारको आग्रह, विधेयक फिर्ता नगरे वार्ता नगर्ने केसीको अडान



साउन ६, काठमाण्डौ । सरकारले डा. गोविन्द केसीलाई विना शर्त वार्तामा आउन आग्रह गरेको छ ।

विगत २२ दिनदेखि अनशनमा बसेका प्राध्यापक डा. गोविन्द केसीलाई सरकारी वार्ता टोलीले निस्र्सत वार्तामा आउन आव्हान गरेको छ ।

शनिबार वार्ता टोलीका संयोजक तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले विज्ञप्ती प्रकाशित गरी वार्तामा आउन आग्रह गरेका हुन् ।

सम्बन्धित समाचार :

माइतिघर र वानेश्वरमा यसरी हल्लियो सरकार, दृश्यमा ज्ञानेन्द्र शाषन कै जस्तो दमन

गोविन्द केसी सिजनल अनशनकारी हो, माग पूरा गर्न संसद भंग गर्नुपर्छ : गोकुल बास्कोटा

सरकारविरुद्ध आन्दोलन छेड्ने कांग्रेसको तयारी, पदाधिकारी बैठक बस्दै

सरकार र कांग्रेसबीचको विवादले यसरी लिदैछ द्धन्द्धको रुप, खतराको संकेत

सरकार स्वेच्छचारी देखियो, समर्थन फिर्ता लिन सक्छौं : राजपा

चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ

डा केसीको माग पूरा गर्न नेपाल बार एशोशिएशनको आग्रह

केसीको स्वास्थ्य ठीक भएपछि वार्ता

डाक्टर गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्छ : सुशिला कार्की

कांग्रेससँग द्धन्द्ध बढाउने पक्षमा छैनौं, तर निहुँ खोजे झुक्दैनौं : मन्त्री पण्डित (भिडियोसहित)

ओलीविरुद्ध सुशिला कार्की, बाबुराम, गगनदेखि मनिषा कोइरालासम्म सडकमा (फोटो र भिडियोसहित)

“सरकारी वार्ता टोली डा. केसीको माग वार्ताबाटै सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा विश्वस्त छ । ससर्त वार्ता हुँदैन, निर्सत जुन कुनै बेला वार्ता गर्न तयार छौं ।” विज्ञप्तीमा भनिएको छ ।

सरकारी टोलीले डा. केसी पक्षको वार्ता टोलीको अडानका कारण वार्ताले गति लिन नसकेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म वार्तामा नबस्ने भनाइका कारण वार्ताले गति लिन नसकेको हो ।’ केसी पक्षको टोलीले उक्त अडान छाडेर वार्तामा आउनुपर्ने सरकारी वार्ता टोलीको भनाई छ ।

केसी पक्षको वार्ता टोलीको सोही अडानका कारण जीवनरक्षाका लागि उनलाई सरकारले जुम्लाबाट काठमाडौंं ल्याएको सरकारी वार्ता टोलीको दाबी छ ।

सरकारले असार ३२ गते बरालको संयोजकत्वमा ३ सदस्यीय वार्ता कमिटि गठन गरेको थियो । ३ पटक वार्ता भएपनि सकारात्मक हुन नसकेको संयोजक बरालले बताए ।

वार्ता टोलीको उपस्थितिमा सरकारले केसीलाई काठमाडौं ल्याएर शिक्षण अस्पतालमा राखेको छ । केसीको स्वास्थ्य अवस्था भने झनझनै बिग्रिदै गएको छ ।

केसीले भने संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता नभएसम्म वार्तामा नबस्ने अडान लिएका छन् । साथै उनले सरकारले गठन गरेको वार्ता टोली अधिकार सम्पन्न नभएको भन्दै उक्ता टोलीसँग वार्ता नगर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्