काठमाडौं, ५ साउन । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले आज शिक्षण अस्पताल पुगी डा. गोविन्द केसीलाई भेटी उनको स्वास्थ्यबारे जानकारी लिएका छन्।
अध्यक्ष वैद्यले डा. केसीलाई भेटी उनको अभियानमा आफ्नो पार्टीको पूर्ण समर्थन र साथ रहेको बताएको डा केसीका सहयोगी विशद दाहालले जानकारी दिए ।
सम्बन्धित समाचार :
विरोधमाथि दमन गरेको भन्दै वालुवाटार पुगेर देउवाले ओलीलाई यसरी थर्काए
माइतिघर र वानेश्वरमा यसरी हल्लियो सरकार, दृश्यमा ज्ञानेन्द्र शाषन कै जस्तो दमन
गोविन्द केसी सिजनल अनशनकारी हो, माग पूरा गर्न संसद भंग गर्नुपर्छ : गोकुल बास्कोटा
सरकारविरुद्ध आन्दोलन छेड्ने कांग्रेसको तयारी, पदाधिकारी बैठक बस्दै
सरकार र कांग्रेसबीचको विवादले यसरी लिदैछ द्धन्द्धको रुप, खतराको संकेत
सरकार स्वेच्छचारी देखियो, समर्थन फिर्ता लिन सक्छौं : राजपा
चुरोट फ्याक्ट्री चलाउने, शिक्षा र स्वास्थ्य क्षेत्रमा भने व्यापारिकरण ? अब सडक र संसद तात्छ
डा केसीको माग पूरा गर्न नेपाल बार एशोशिएशनको आग्रह
केसीको स्वास्थ्य ठीक भएपछि वार्ता
डाक्टर गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्छ : सुशिला कार्की
कांग्रेससँग द्धन्द्ध बढाउने पक्षमा छैनौं, तर निहुँ खोजे झुक्दैनौं : मन्त्री पण्डित (भिडियोसहित)
ओलीविरुद्ध सुशिला कार्की, बाबुराम, गगनदेखि मनिषा कोइरालासम्म सडकमा (फोटो र भिडियोसहित)
बिना शर्त वार्तामा आउन केसीलाई सरकारको आग्रह, विधेयक फिर्ता नगरे वार्ता नगर्ने केसीको अडान
साँझ अस्पताल पुगेका उनले डा. केसीलाई आफ्नो स्वास्थ्यको ख्याल राख्नपनि आग्रह गरेको दाहालले बताए। चिकित्सा शिक्षा क्षेत्रको माग राखेर डा केसी १५ औँ पटकको २२ दिनको आमरण अनसनमा छन्।
असार १६ मा जुम्लामा अनसन शुरु गरेका डा. केसीलाई सरकारले गत बिहीबार काठमाडौं ल्याएपनि उनले कुनै पनि स्वास्थ्य परीक्षण गराउन र औषधि लिन अस्वीकार गर्दै आएका छन्।
साधारण स्लाइन मात्र लिने बताएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको र कुनैपनि समयमा अप्ठेरोमा पर्न सक्ने बताइएको छ।
बैद्यपनि डाक्टर केसीको माग सरकारले विलम्ब नगरी पूरा गर्नुपर्ने पक्षमा उभिँदै आएका छन् । पछिल्लो समय सरकारविरुद्ध विभिन्न नागरिक समाजका अगुवाई, पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, बुद्धिजिवीहरु, लेखकहरु, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, विवेकशील साझा पार्टी र नयाँ शक्ति पार्टी सडक संघर्षमा होमिएका छन् । केसीको अनशनको आज २२ औं दिन हो । उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ ।