साउन ७, काठमाण्डौ । डा. गोविन्द केसी पक्षको वार्ता समितिका सदस्य ओमप्रकाश अर्यालले सरकारले औपचारिक वार्ताका लागि अहिलेसम्म पहल नगरेको बताएका छन् ।
अर्यालले अनौपचारिक वार्ता भइरहे पनि औपचारिक वार्ता हुन नसकेको बताएका हुन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै अर्यालले सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले वार्ताको पहल गरिरहेका बताए ।
सम्बन्धित समाचार :
डा. केसी आफैँ अनशन बस्नुभएको छ वा अरु कोही छन् ? जवाफ चाहियो
केसीको अनशनले रेकर्ड तोड्यो, स्वास्थ्य अवस्था जटिल, वार्ता अनिश्चित
गोविन्द केसीको विषयमा सत्तारुढ दल नेकपामा दुई कित्तामा, नारायणकाजीले भेटे केसीलाई
बंगलादेशमा मेडिकल पढ्ने नेपाली छात्राहरुले शरीर बेच्नुपर्छ भनेपछि तामाङको मन्त्री पद धरापमा
गोविन्द केसी सिजनल अनशनकारी हो, माग पूरा गर्न संसद भंग गर्नुपर्छ : गोकुल बास्कोटा
‘संसदमा पुगेको चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा फिर्ता हुँदैन’
“हाम्रा केही साथीहरुसँग परराष्ट्रमन्त्री सम्पर्कमा हुनुहुन्छ । उहाँसँग अनौपचारिक हिसाबले कसरी मिलाउने भन्ने विषयमा कुरा भइरहेको छ । उहाँले पनि चासो दिइरहनुभएको छ ।” अर्यालले भने ।
डा. गोविन्द केसीले संसदमा लगिएको विधेयक फिर्ता लिनुपर्ने अडान लिएकाले अहिले सरकारी वार्ता टोलीसँग वार्ता हुन नसकेको अर्यालले बताए । ससंदमा पुगेको चिकित्सा शिक्षा विधेयक फिर्ता गर्ने विषयमा सरकारका सचिवसँग कुनै अधिकार नभएकाले वार्ता गर्नुको कुनै अर्थ नरहने उनले बताए ।
आफू विवेकशील साझाको मान्छे भए पनि डा.केसीले पत्याएका कारण वार्ता समितिमा बसेको अर्यालले स्पष्ट पारेका छन् ।
“मेरो नागरिक अधिकार पनि होला । म डा. केसीको कानुनी सल्लाहाकार पनि हूँ । कुनै पार्टीको सदस्य भए पनि डा. केसीको म्यान्डेटअनुसार काम गर्न मिल्छ ।” अर्यालले भने ।
गोविन्द केसीका मागलाई विवेकशीलले नैतिक समर्थन मात्रै गरेको उनको दाबी छ । यो विषयमा विवाद भयो भने उनले पार्टी छोड्नेसमेत बताए ।
“म विवेकशील साझा पार्टी छोड्न सक्छु, तर डा. केसीलाई छोड्न सक्दिन । स्वार्थको द्धन्द्ध आयो र पार्टी रोज्ने कि केसी रोज्ने भन्ने स्थिती आयो भने म केसी रोज्छु ।” अर्यालले भने ।