
काठमाडौं, ८ साउन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजिनामा दिएका छन् । राजिनामा घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली, सिन्धुपाल्चोकका मतदाता र नेपाली जनतालाई विशेष धन्यवाद ज्ञापन गरेका थिए ।
उनले भने,‘धमिलो पानीमा माछा मारेर सरकारलाई असफल बनाउने षड्यन्त्रको प्रयासलाइै असफल तुल्याउन राजिनामा दिएको हुँ।’
आफ्नो चारमहीने कार्यकालको उपलब्धिबारे अवगत गराउँदै उनले आफू जहाँ रहेपनि सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानमा सहयोगी रहने बताए ।
श्रीमती उषाकला राईसहित पत्रकार सम्मेलनमा उपस्थित भएका सुरूमा उनले आफूले पदभार सम्हालेपछि गरेका कामहरूको बारे चर्चा गरेका थिए। त्यसपछि उनी भावुक बनेका थिए। उनका आँखा रसाएका थिए।
बंगलादेशमा एमबिबिएस पढ्न जाने छात्राले सर्टि्फिकेट पाउन आफूलाई सुम्पनु पर्ने अभिव्यक्ति दिएपछि तामाङको चौतर्फी आलोचना भएको थियो।
तस्विर : मुकुन्द कालिकोटे