Logo

यस्तो गरे माथेमासँग ओलीले सहमति



साउन ८, काठमाण्डौ । सरकार र आमरण अनसनरत डा. गोविन्द केसीबीच आजबाट वार्ता सुरु भएको छ ।

डा. केसीको वार्ता टोलीले संसदमा विचाराधीन चिकित्सा शिक्षा अध्यादेश फिर्ता हुनुपर्ने अडान छोडेपछि वार्ता सुरु भएको बताइएको छ ।

अर्कोतिर प्रधानमन्त्री केपी ओली पनि माथेमा प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक बनाउन तयार भएका छन् ।

ओलीले आज केदारभक्त माथेमा र मेडिकल काउन्सिलका धर्मकान्त बास्कोटासँग छलफल गरेका थिए । छलफलमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पनि सहभागि थिए ।

छलफलमा ओलीले काठमाण्डौ उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाउने माथेमा आयोगको सुझाबबारे जिज्ञासा राखेका थिए । डा. माथेमाले पनि प्रतिवेदनमा यो विषय राख्नु कमजोरी भएको स्विकार गरेको बताइएको छ ।

विधेयकमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने व्यवस्था हटाएर गोविन्द केसीलाई मनाउने विषयमा छलफल भएको थियो ।

आज केसी र सरकारी पक्षबीचको वार्ताको पहल भने नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्