साउन १०, चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १५ औं पटक अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य स्थिति नाजुक बन्दै गएको छ ।
उनको उपचारमा संलग्न चिकित्सकहरुले केसीको सेतो रक्तकोष (डब्लूबीसी) कम हुँदै गएको बताउँदै कुनै पनि वेला केसी अचेत हुन सक्ने बताएका हुन् ।
सम्बन्धित समाचार :
सरकारले विधेयक फिर्ता लिनु पर्दैन, संशोधन गर्न तयार भए हुन्छ : जीवन क्षेत्री
डा. गोविन्द केसी र सरकार पक्षबीचको वार्ता असफल हुनुको कारण यस्तो छ
सरकार र डाक्टर केसीबीचको वार्ता भाँडियो, अब के हुन्छ ?
सरकारी वार्ता टोली रित्तो हात वार्तामा आएको केसी पक्षको आरोप(भिडियोसहित)
सरकारी वार्ता टोलीले भन्यो “सरकारले दिएको म्यान्डेट प्रयोग गर्ने हो, निर्णय गर्ने अधिकार छैन”(भिडियोसहित)
केसीको आमरण अनशन तत्काल नरोकिए उनलाई गुमाउनुपर्ने स्थिति आउन सक्ने चेतावनी चिकित्सकले दिएका छन् ।
डा. केसी अनसन बसेको आज २७ दिन पुगेको छ ।
केसीको स्वास्थ्य अवस्थालाई नियालिरहेका चिकित्सकहरुले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कुनै पनि वेला उहाँको मुटुको धड्कनमा समस्या आउन सक्छ । उहाँको मुटुको चाल पनि अस्थिर छ । कुनै पनि पनि वेला गम्भीर समस्या आउन सक्छ ।’
डा. केसीको मागको विषयमा सरकारसँग वार्ता भइरहे पनि सहमति हुन सकेको छैन ।
चिकित्सकहरुका अनुसार, यो अवस्थाको बिरामीलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर, डा. केसीले यसअघि नै आफू होसमा रहुन्जेल आईसीयूमा नजाने बताएकाले आईसीयूमा लगिएको छैन ।
सरकारले केसीको जीवन रक्षाका लागि भन्दै जुम्लाबाट काठमाडौं ल्याए पनि उनको उपचारका लागि त्रिवि शिक्षण अस्तालमा मेडिकल टिम नै बनेको छैन ।
आवासीय चिकित्सकहरु ड्युटीको समय मिलाउँदै उपचारमा संलग्न भइरहेका छन् ।