साउन १०, काठमाण्डौ । प्रदेश नम्बर २ का भौतिक तथा पुर्वाधार मन्त्री जितेन्द्र सोनलले संघीय सरकारले विकास निर्माणका काम गर्ने वातावरण नबनाइदिएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री सोनलले सरकार गठन भएको ६ महिनादेखि केन्द्र सरकारले प्रदेश सरकारलाई असहयोग गरेको उनको गुनासो छ ।
“केन्द्र सरकारले हामीलाई कर्मचारी दिएन, कार्यक्रम दिएन, कार्यालय दिएन । जसका कारण काम गर्न सक्ने अवस्था छैन । कसरी विकास निर्माणका काम गर्ने ?” सोनलले आक्रोष पोखे ।
बजेट पनि विभेदपूर्ण तरिकाले वितरण गरिएको भन्दै सोनलले प्रदेशको क्षमताअनुसारको स्रोत साधन सदुपयोग गरेर काम गर्ने कुरामा प्रतिवद्ध रहेको बताए ।
अप्ठ्याराहरु चिर्दै चालु आर्थिक वर्षदेखि विकास निर्माणलाई तिब्रता दिने सोनलको भनाई छ ।