साउन १०, काठमाण्डौ । सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता सहमति नजिक पुगेको छ ।
अहिले वालुवाटारमा जारी छलफल निष्कर्षमा पुग्न लागेको हो । केसी पक्षका वार्ता टोली सदस्य डा. अभिषेक सिंहले दिएको जानकारी अनुसार अब सहमति हुने छ ।
सहमतिमा माथेमा आयोगले दिएको प्रतिवेदनको मर्म अनुसार नै विधेयक अगाडि बढाउने उल्लेख गरिएको सिंहले बताए ।
दिनभरी भएको छलफलपछि भएको भनिएको सहमतिले अन्तिम रुप पाउन नसकेपछि पुनः छलफल सुरु गरिएको थियो ।
काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने कि नलगाउने भन्नेमा सहमति हुन नसकेपछि वार्ता लम्बिएको थियो ।
तर अहिले यस विषयमा स्पष्ट नलेखी माथेमा प्रतिवेदनको मर्मअनुसार भनेर उल्लेख गर्न लागिएको हो ।