साउन १०, काठमाण्डौ । २७ दिनदेखि अनशनरत डा. गोविन्द केसी र सरकार पक्षबीच सहमति भएको छ । केहीबेरअघि भएको सहमतिपछि हस्ताक्षरसमेत गरिएको छ । सहमतिपत्रमा सरकारी पक्षबाट वार्ता संयोजक खगराज बराल र गोविन्द केसीले हस्ताक्षर गरेका हुन् ।
दस वर्षभित्र उपत्यकामा नयाँ मेडिकल कलेज खोल्न नपाउने सहमति सरकार र केसी पक्षबीच भएको छ । एउटा विश्वविद्यालयबाट पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने सहमति पनि केसी र सरकार पक्षबीच भएको छ । केसीका मागका २२ वटा मागमै सहमति जुटेको बताइएको छ ।
हस्ताक्षरअघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङले केसीलाई सफल भएको भन्दै बधाई दिएका थिए ।
बिहीबार दिनभरि डा. केसी र सरकार पक्षबीच विभिन्न चरणमा वार्ता भएको थियो ।