काठमाडौँ,११ साउन । माल्दिभ्स र बंगलादेशमा गत वर्ष सम्पन्न तेस्रो र चौथो सेन्ट्रल जोन भलिबलको प्रदर्शनले खेलाडीलाई हौसला बढाइको थियो । तेस्रो सेन्ट्रल जोन प्रतियोगितामा तेस्रो भएको नेपाली टोली चौथो संस्करणमा सेमिफाइनल पुग्न सफल रहेको थियो ।
बन्द प्रशिक्षणमा रहेको टोलीले भदौ २ देखि इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने आशामा रहेको छ । लामो समयपछि एसियाडमा भाग लिने अवसर पाएको नेपाली टोलीले दुई महिनादेखि प्रशिक्षण गरिरहेको भलिबल टोलीका कप्तान इमबहादुर रानाले जनाएका छन ।
उनीहरूलाई मुख्य प्रशिक्षक जगदीश भट्टसँगै विदेशी प्रशिक्षक लेस्की डिजोन्ड्री र दामिर चोलोले संयुक्त प्रशिक्षित गराइरहेका छन् ।
प्रशिक्षणको क्रममा राम्रो खेल प्रर्दशन गरेपनि विदेशमा रहदा त्यहाँ खेलको अभ्यास गर्न नपाउदा समस्या हुने खेलाडीहरुले बताएका छन। सुरुमा अभ्यासका लागि थाइल्यान्ड र भारततिर जाने भनिएतापनि त्यो हुन नसक्दा अभ्यासको अभाव खडकन सक्ने कप्तान राना बताउँछन् ।