Logo

सबै भन्दा बढि ‘ड्रग्स टेस्ट’मा टेनीस खेलाडी सेरीना



काठमाडौँ,११ साउन ।अमेरीकन टेनिस स्टार सेरीना विलियम्सले उनीमाथी भइरहेको लगातारको ड्रग्स टेस्टलाई लिएर गंभिर आरोप लागाएकि छिन । उनका अनुुसार आफु अमेरीकामा सबैभन्दा बढि ड्रग्स टेस्ट गरिने टेनिस खेलाडीमा पर्ने बताएकि हुन। उनले यो आरोप मार्फत भेदभाबको सिकार भईरहेको पनि बताइन ।

केहि समय पहिलेपनि उनले आफुमाथि भइरहेको अत्याचारको बारेमो सामाजिक संजालमार्फत जानकारी गराएकि थिईन ।२६ वर्षीय खेलाडीले आफ्नो ट्वीटरबाट जानकारी गराउदै यो कुराको पर्दाफास गरेकि हुन । उनले अगाडि लेखेकि छिन कयौ पटक त्यस्तो समयमा उनको टेस्ट गरिएको थियो जुन समयमा उनि कुनै प्रतियोगितामा भाग लिईरहेकि नै थिइनन । उनका अनुसार जव उनको टेस्ट गर्नको लागि अमेरीकी अधिकारी उनको घरमा पुगेका थिए त्यो समयमा उनि घरमा नरहेको जानकारी पनि उनले गराएकि छन ।

आधिकारीक जानकारी भन्दा पहिलै घरमा आएका अधिकारीहरुले त्या दिनको टेस्टलाई ‘मिस्ड टेस्ट’को सुचिमा राखिदिएका थिए । घरमा नभयको समयमा आयर आफुमाथि अन्याय गर्न खोजेको आरोप यि २३ चोटिकी ग्रान्ड सल्याम चेम्पियनले लगाएकि हुन । खेलको नियम अनुसार यदि पाँच चोटि यस्तै भएमा डोपिङको नियमलाई उल्लङघन गरेको मानिने गरेको छ ।

यूयस ओपन च्याम्पिएनको समयमा उनको एक चोटि र उनकि बहिनीको दुईचोटि टेस्ट गरिएको थियो । सेरीनाका अनुसार उनलाई यो कुरको थाहानै थिएनकि अन्य खेलाडीको दाजोमा उनको टेस्टहरु बढि नै भईरहेको छ ।आफुले समाचार माध्यमबाट यो खवर थाहा पाएको म माथि बढिनै अन्याए भईरहेको पनि उनले जनाएकि छन ।

हालै भएको विबलडन टेनिस प्रतियोगितामा सेरीना महिला सिंगल्स फाईनलमा हार ब्यहोरेकि थिईन । एजेन्सि



प्रतिक्रिया दिनुहोस्