Logo

डिएलएमा रामचन्द्र-शशांक आमनेसामने !



काठमाडौं, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) को भोलिदेखि नवलपुरको गैंडाकोटमा सुरु हुने दशौं अधिवेशनमा बरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइराला आमनसासमने हुने अवस्था आएको छ ।

बरिष्ठ नेता पौडेलले पूर्व अध्यक्ष यदुनाथ खनालका उम्मेद्धवार सिताराम केसीलाई समर्थन गर्ने संकेत दिएपछि महामन्त्री कोइरालाले अधिवक्ता केदार कार्कीलाई केसीविरुद्ध मैदानमा उतार्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार महामन्त्री कोइरालाले अघि सारेका उम्मेद्धवारलाई नेतृत्वमा समर्थन गर्नेबारे सभापति शेरबहादुर देउवाले समेत ग्रिन सिग्नल दिएका छन् । यस्तो अवस्थाले एउटै गुटमा रहेका नेता पौडेल र महामन्त्री कोइरालाबीच डिएलएको चुनावमा आमनेसामने हुने अवथा आएको छ ।

नेतृत्वको लागि अर्को उम्मेद्धवारमा स्वर्गीय नेता खुमबहादुर खडका निकट योगेन्द्र बहादुर अधिकारीलाई पनि अघि सार्ने तयारी गरिएको छ । उनलाई कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषाल लगायतको समर्थन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्