Logo

गेराइन्ट थोमस टुर दी फ्रान्सको उपाधि नजिक



काठमाडौं, १२ साउन । बेलायतका साइकलिस्ट गेराइन्ट थोमस विश्व चर्चित साइकल र्‍याली टुर दी फ्रान्सको उपाधि नजिक पुगेका छन ।

१९ चरणको रेसमा दोस्रो स्थानमा रहेका थोमस ओभरअल पोजिसनमा शीर्ष स्थानमा रहँदै उपाधि नजिक पुगेका हुन् । टुर दी फ्रान्सको रुटअन्तर्गत कठिन मानिएको माउन्टेन साइटको अन्तिम तथा ओभरअलमा १९ औं चरणको उपाधि प्रिमोज रोजलिचले जिते पनि ओभरअल पोजिसमा बेलायती चालक थोमसले अग्रता कायमै राखेका छन् ।

रोजलिचले १९औं चरणको रेसमा कूल ५ घण्टा २८ मिनेट १७ सेकेन्डको समय लगाउँदै उपाधि जिते । रेसमा थोमस रोजलिच भन्दा मात्र १९ सेकेण्डले पछि परे ।

तर पनि ओभरअलमा थोमसले ७९ घण्टा ४९ मिनेट ३१ सेकेन्ड समयका साथ पहिलो स्थानमा कायमै छन् । दोस्रो स्थानमा रहेका नेदरल्याण्ड्सका टोम डुमोउलिनले १९ औं चरणमा ६ सेकेण्ड बोनस पाए पनि थोमसभन्दा २ मिनेट ५ सेकेण्डले पछि परेका छन् ।

एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्