
साउन १३, काठमाण्डौ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनसम्बन्धी निर्णय थप लम्बिएको छ । शुक्रबारबाट आइतबार सारिएको बैठकबाट पनि अनुमोदनसम्बन्धी निर्णय नहुने बताईएको छ ।
अनौपचारिक छलफल जारी रहे पनि जोशीबारे निर्णयका लागि सोमबार २ बजे बैठक बोलाइने भएको छ । प्रमाणपत्र विवादका करण अनुमोदनसम्बन्धी निर्णय प्रक्रिया रोकिएको हो ।
सम्बन्धित समाचार :
प्रधानन्यायाधीशका लागि जोशी योग्य कि अयोग्य ? भोली निष्कर्ष
प्रधानन्यायाधीशमा प्रस्तावित जोशीमाथिको सुनुवाइ गत बिहीवार नै सकिएपनि समितिले उहाँको नाम अनुमोदन गर्ने नगर्नेबारे निर्णय लिन सकेको छैन । उनको नाम अस्वीकृत गर्न समितिमा हाल कायम १५ सदस्यको दुई तिहाई सदस्यको समर्थन आवश्यक पर्छ । शैक्षिक प्रमाण पत्र, सर्वोच्च सहित बिभिन्न अदालतमा रहँदा न्यायाधीशका रुपमा उहाँले गरेका फैसला समेत विवादमा तानिएपछि समिति सदस्यबीच नै मत बाँभिएको छ ।
समितिमा सत्तारुढ नेकपाका ९ र संघीय समाजवादी फोरमका एक जना सदस्य छन्, जुन कुल सदस्य संख्याको दुई तिहाई हो । कांग्रेसका ४ र राजपाबाट एक जना सदस्य छन् ।
संवैधानिक परिषद्ले गत जेठ २९ गते नै उहाँको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेपनि, सुरुमा समिति गठनमा भएको ढिलाईं र पछि जोशीसम्बन्धी पछिल्ला समय बाहिर आएका तथ्यका कारण संसदीय समितिले निष्कर्ष सुनाउन नसकेको हो ।
एनसेलको कर छली, सार्वजनिक गुठीको जग्गा व्यक्तिका नाममा पास गराएको, चुणामणि शर्मा प्रकरण, बिशाल बजार लगायत मुद्दाको फैसलामा जोशी प्रत्यक्ष संलग्न रहेको आरोप छ ।
सिंहदरवारमा जारी समिति बैठकले प्रस्तावित जोशीसम्बन्धमा थप छलफल गर्ने वा आजै निर्णय गर्ने भन्ने तय गर्नेछ ।
सुनुवाइकै क्रममा उनको शैक्षिक योग्यताको विवादले प्रवेश पाएपछि समितिले अध्ययन गरिरहेको छ । समितिले अध्ययनका लागि भन्दै शुक्रबारको बैठक पनि सारेको थियो ।
यसअघि जोशीले सुनुवाइ समितिमा पेस गरेको प्रमाणपत्रको प्रतिलिपिमा पेस गरेका थिए । एकै व्यक्तिका एकै तहमा दुई प्रमाणपत्र भएको र दुबैमा रहेको परीक्षा रोल नम्बर एकै रहेको भन्ने मुख्य विवाद छ ।
समितिमा प्रधानन्यायाधीशले पेस गरेको प्रोग्रेस रिपोर्टमा विद्यालय तहको परीक्षाको विवरण संलग्न छ । विजय मेमोरियल स्कुलबाट २०२९ सालमा परीक्षा उतीर्ण गर्दाको रोल नम्बर ३६६७ रहेको छ । तर समिति सदस्हरुले उक्त रेकर्ड नमिलको थप तथ्य फेला परेको भन्दै थप छानबिनको पक्षमा छन् ।