Logo

लालबाबु पण्डितको बदलिदो छबी, पत्रकारमाथि लगाए यस्तो आरोप



साउन १४, काठमाण्डौ । लोकप्रिय नेताको छवि बनाएका लालबाबु पण्डित पछिल्लो समय आलोचित हुँदै गएका छन् ।

पहिलो पटक मन्त्री हुँदा प्रशंशा बटुल्न सफल पण्डित अहिले दोस्रो पटक मन्त्री छन् । तर उनको बोली बचन र काम पहिलाको जस्तो देखिएको छैन ।

अहिलेको मन्त्रीमण्डलका असफल मन्त्रीको रुपमा चिनिन लागेका पण्डितले काम त गर्न सकेनन् नै, संचारमाध्यममाथि आलोचना गर्न थालेका छन् ।

उनले अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालिरहेका छन् । तर उनले आफ्नो पदीय हैसियतनै विर्सेर पत्रकारमाथि विभिन्न आरोप लगाएका छन् । अनलाइन खबर डटकमलाई दिएको अन्तरवार्तामा उनले पत्रकारमाथि नै कटुआलोचना गरेका छन् ।

अन्तरवार्तामा पण्डितले व्यक्त गरेका केही अंश :

“अलिअलि खेती भएन भने पत्रिका पनि बिक्दैन, अलिअलि खेती भएन भने अनलाइन पनि चल्दैन । अलिअलि नेगेटिभ नेगेटिभ स्वाद लिऔं भनेर कतिपय मिडियाहरु हुन्छन् । मैले देख्छु कि कहिलेकाँहि ।

अब, राष्ट्रिय चर्चित मिडिया एउटा कुरा हो । जिम्मेवार मिडिया अर्को कुरा हो । नभए अहिले त कतिपय चाहिँ आलु ब्यापारीले पनि अनलाइन खोल्या छ । मेरो चुनावकै बेलामा देख्नुभएन ? लालबाबु पण्डित जेलमा भनेर । न्युजचाहिँ हुनुपर्ने लालु यादवको, स्वाद लिनको निम्ति लालबाबु पण्डितको फोटो राखेर जेलमा भनेर आयो । यस्ता खालका गैरजिम्मेवार मिडिया जो हुन्छन् नि, त्यस्ता गैरजिम्मेवार मिडियाले लेख्छन् । प्रतिपक्षका पनि छँदैछन्, त्यसले सोसियल मिडियामा सेयर गर्या छ, गर्या छ । नक्कली फेक नामले सेयर गरेकोले के अर्थ राख्छ र ? केही अर्थ राख्दैन ।

संघीय निजामति सेवा ऐन अगाडि बढाइसकेको छु । जहाँनेर जनप्रतिनिधिहरुले अलिकति मिच्न थाले भन्ने लाग्यो भने मैले कन्ट्रोल गरेकै छु । धेरै विदेश घुम्नेहरुलाई पनि कन्ट्रोल गरेकै छु । अब एकै रातमा त सबै कुरा त हुँदैन नि ।

मैले कुनै अपराध गरेको छ भने कसैले बताउनुर्पयो नि ।”

मन्त्री पण्डित सुरुमा कर्मचारीमाथि कडारुपमा प्रस्तुत भएका थिए । तर पछिल्लो समय अलि नरम देखिएकाछन् । समग्रमा भने उनको काम गराईप्रति पहिला जस्तो सन्तुष्ट हुन सकेका छैनन् ।

प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुको मूल्याङ्कन गर्दा पनि पण्डितलाई असफलको सूचिमा राखेको समाचारहरु अइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्