काठमाडौं, १५ साउन । कायम मुकायम प्रधान न्यायाधीश दीपकराज जोशीले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् । स्रोतका अनुसार जोशीले हिजो राति र आज विहान गरेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुलाई भेट गरेका छन् ।
जोशीले सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेरै प्रधानमन्त्री केपी शर्मा ओलीसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ ।
संसदीय सुनुवाई विशेष समितिले जोशीलाई प्रधानन्यायाधीशमा नियुक्ती गर्ने वा नगर्ने भन्नेबारे भोलि अन्तिम निर्णय गर्दैछ । यस्तो अवस्थामा जोशीको राजनीतिक दौडधुपलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
जोशीले प्रधानमन्त्री ओलीसँगमात्रै नभएर नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग र बरिष्ठ नेता माधव कुमार नेपालसँगपनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।