Logo

प्रचण्ड निवासको बैठकले गर्यो जोशीलाई अस्विकार गर्ने निर्णय, कांग्रेसको अर्कै रणनीति



साउन १६, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जोशीलाई अस्विकार गर्न संसदीय सुनुवाई समितिलाई निर्देशन दिएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज विहान बसेको बैठकले जोशीलाई प्रधानन्यायाधीश नबनाउने निर्णय गरेको हो ।

नेकपाले हिजो जोशीलाई राजिनामा दिन सुझा दिए पनि जोशीले मानेका थिएनन् ।

त्यसपछि नेकपाले उनलाई अस्विकृत गर्न समितिलाई निर्देशन दिएको हो ।

सम्बन्धित समाचार :

आज साँढे तीन बजे दिपकराज जोशीबारे बहुमतका आधारमा निर्णय गर्छौँ : लक्ष्मणलाल कर्ण

प्रधानन्यायाधीश जोशीबारे संसदीय समितिको कामप्रति नेकपाभित्रै असन्तुष्टी

प्रधानन्यायाधीशका लागि जोशीलाई अयोग्य ठहर गर्ने हो भने प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्छ : केसी

प्रधानमन्त्री ओलीले सिफारिस गरेका जोशीलाई सुनुवाई समितिले किन अड्कायो ?

दिपकराज जोशी प्रधानन्यायाधीशका लागि अयोग्य : सुमनराज प्याकुरेल

प्रधानन्यायाधीशका बारेमा संसदीय समिति अधिकार बाहिर गयो : बार अध्यक्ष केसी

अन्ततः सत्तारुढ दलले जोशीलाई प्रधानन्यायाधीशमा अस्विकृत गर्ने

जोशीका बारेमा सुनुवाई समितले तत्काल तटस्थ निर्णय गर्नुपर्छ : रामनारायण विडारी

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने कि नगर्ने भन्ने प्रश्नमा राजनीतिकरण सुरु भएको प्रष्ट देखिन्छ । संसदीय निर्णयको पर्खाइमा रहेको यो विषयलाई सत्तापक्ष र प्रतिपक्षले दुबैले राजनीतिकरण गरेका हुन् ।

सत्तारुढ दल नेकपाले जोशीको नाम अनुमोदन नगर्ने निर्णय गर्दा कांग्रेसले भने जोशीको पक्षमा आवाज उठाउन थालेको छ ।

कायममुकायम प्रधानन्यायाधीश जोशी संसदीय सुनुवाइमा उपस्थित भइसकेका छन् र अब उनका बारेमा निर्णय आउन मात्रै बाँकी छ । आजै समितिले बैठक बसेर जोशीबारे निर्णय सुनाउने बताइए पनि सत्तापक्ष र प्रतिपक्षवीच सुनुवाइ समितिमा मत बाझिएको छ ।

१५ सदस्यीय सुनुवाइ समितिमा सत्तापक्षको दुई तिहाई बहुमत छ । तर, अल्पमतमा रहेको कांग्रेसलाई पनि सहमतिमा ल्याएर सर्वसम्मत निर्णय गर्ने भन्दै यसअघिको बैठक स्थगित भएको थियो ।

यसवीचमा कांग्रेस र कम्युनिष्टवीच दुरी बढेको छ । कांग्रेस जोशीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने पक्षमा छ भने नेकपा नबनाउने पक्षमा छ ।

जोशीको नाम अनुमोदनबारे सुनुवाइ समितिमा एक मत भएन भने उपसमिति गठन गर्ने, फेरि बैठक सार्ने वा दुईतिहाई बहुमतका आधारमा निर्णय गर्ने तीनवटा विकल्पहरु रहनेछन् ।

संसदीय सुनुवाई समितिका संयोजक लक्ष्मणलाल कर्णले आज साँढे तिनबजे बस्ने समितिको बैठकले प्रधानन्यायाधीशबारे निर्णय गरिने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कर्णले प्रधानन्यायाधीशमा प्रस्तावित दिपकराज जोशीलाई स्विकृत वा अस्विकृत गर्ने निर्णय आजै हुने दाबी गरेका हुन् ।

समितिमा एकमत हुन नसके दुई तिहाई बहुमतका आधारमा जोशीबारे निर्णय गरिने कर्णले बताए ।



प्रतिक्रिया दिनुहोस्