Logo

राजपाले ओलीलाई धोका नदिने !



काठमाडौं, २० साउन । राष्ट्रिय जनता पार्टी नेपालले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले भने,‘राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । हामी अब सरकारसँगै रहन्छौं । हामी प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्छौ गर्छौं ।’

सम्बन्धित समाचार :

‘फोरमसँग एकता हुनको लागि उपेन्द्र यादव सडकमा आउनुपर्छ’

राजेन्द्र महतोको चेतावनी : संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्छौं

सरकारप्रति कांग्रेसको दृष्टीकोणसँग हाम्रो विचार मिल्दैन : यादव

केही दिन पहिले राजपा नेपालका अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग संविधान संशोधन हुनेबारे आफूहरुको विश्वास र भरोसा रहेकोले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका थिए ।

क्लबको साक्षात्कारमा उनले भनेका थिए,‘सरकारलाई दिएको समर्थन अहिले फिर्ता हुँदैन । फिर्ता लिनेबारे हाम्रो पार्टीले अहिलेसम्म कुनै योजना बनाएको छैन । यो सरकार दुई तिहाईको हो । संविधान संशोधनको लागि सरकारले पहल गर्नेमा हामी आशावादी छौं । हामी अहिले पर्ख र हेरको अवस्थामा छौं ।’

महतोले थप भनेका थिए,‘हामी सरकारको रवैया र व्यवहार हेरेर अघि बढ्छौं । सरकार जसरी अघि बढ्छ, हामी पनि त्यसैगरि अगाढि बढ्छौं । सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेबारे समय आएपछि योजना बन्ला । तर अहिले हाम्रो कुनै योजना छैन ।’



प्रतिक्रिया दिनुहोस्