Logo

पहिलो एक दिवसीय खेल जितेको नेपाली क्रिकेट टिम घर फर्कियो



साउन २१, काठमाण्डौ । नेपाललाई एकदिवसीय क्रिकेटमा ऐतिहासिक जीत दिलाएर नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ ।

एकदिवसीय मान्यता प्राप्त गरेपछि नेदरल्याण्डस्लाई पराजित गर्दै नेपालले एकदिवसीय क्रिकेटमा पहिलो जीत हासिल गरेको थियो ।

रोमाञ्चक रुपमा खेल जितेर कार्डियाक किड्सको उपमा पाएको नेपालले दोस्रो एकदिवसीय खेलमा १ रनको जीत हासिल गर्न सफल भएको थियो ।

पहिलो पटक ओडिआई मान्यता पाएको साँढे ४ महिनापछि नेदरल्याण्ड्ससँग २ खेलको ओडिआई सिरिज खेलेको नेपालले दोस्रो खेल १ रनले जितेको थियो । पहिलो खेलमा भने नेपाल ५५ रनले पराजित भएको थियो।

सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले २२ वर्षपछि गत मार्चमा जिम्बावेमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट तीन स्थान हात पार्दै आगामी ४ वर्षका लागि ओडिआई स्ट्याटस पाएको हो ।

सम्बन्धित समाचार :

मुटु नै ढुकढुक हुने गरी यसरी जित्यो नेपालले नेदरल्याण्डलाई(सम्पूर्ण स्कोरकार्डसहित)

Breaking News: नेपालद्धारा नेदरल्यान्ड्स १ रनले पराजित

ऐतिहासिक सफलतापछिको ऐतिहासिक दिन, जसका लागि सारा नेपालीले वर्षौ पर्खिए



प्रतिक्रिया दिनुहोस्

Screenshot