Logo

गणेश लामा दोषी ठहर, १ वर्ष कैद सजाय सुनाईयो



काठमाडौं, २४ साउन । विशेष अदालतले गुन्डा नाइके गणेश लामालाई सम्पत्ति शुद्धिकरण मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ ।

अदालतका रजिष्टार नारायण पोखरेलले दिएको जानकारी अनुसार लामालाई १ वर्ष कैद, बिगो बमोजिमको जरिवाना र त्यस बमोजिमकै सम्पत्ति जफत हुने फैसला सुनाइएको  ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधिश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको मुद्दा फैसला गरेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्